Comments Add Comment

सामान्य विवादमा दाइले गरे भाइको हत्या

७ साउन, सुर्खेत । सामान्य विवाद हुँदा सल्यानमा दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् ।

दुई बालकले आपसी झगडा गर्दा भाइ सन्दीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको र सोही विवादले हत्याकै रुप लिएको प्रहरीले जनाएको छ । विवाद्पछि कपिलले सन्दीपलाई हिर्काएको मुडीले कन्चटमा लागेपछि सन्दिप बेहोस् भएका थिए ।

बेहोस सन्दीपलाई उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिल र सन्दीप सहोदर दुई दाजुभाइका छोराहरू हुन् । घटनाबारे इलाका प्रहरीले कार्यालय सल्लीबजारले थप अनुसन्धान गरिरहेको सल्यान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment