२५ असोज, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या भएको घटनाका आरोपी युवक र आमाबुवसहितविरुद्ध कर्तव्यज्यान र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ ।
पक्राउ परेका आरोपी जनकपुरधाम उपमहानगरपालिका ५ सोनरपट्टीका गुण्डा भन्ने २२ वर्षीय मोहम्मद ईर्साद खान, उनका बुबा मो.समिम खान र आमा सैमुन खातुनमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको हो ।
उनीहरुविरुद्ध मृतकका काका रियाज साफीले शनिबार दिएको किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
गत असोज २२ गते साँझ जनकपुरधाम उपमहानगरपालिका ५ जानकी मन्दिर पछाडि छुरा प्रहारबाट स्थानीय २४ वर्षीय आमिन साफीको हत्या भएको थियो । अर्का युवक २५ वर्षीय ईम्तियाज राइन गम्भीर घाइते छन् । घाइते ईम्तियाजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटना लगतै प्रहरीले छुरा प्रहार गर्ने आरोपी मो.ईर्साद र उनकी आमा ४२ वर्षीया सैमुख खातुनलाई पक्राउ गरेको थियो । लागुऔषधसेवन कर्ता ईर्साद यसअघि पनि फागुन र जेठमा दुईजनामाथि धारिलो हतियार प्रहार गरेको अभियोग छ ।
इर्सादले जनकपुरमै २०८२ फागुन ३ गते र गत २०८३ जेठ ७ गते खुकुरी प्रहार घटना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषामा दुईवटटा ज्यान मार्ने उद्योग मुद्दा चलिरहेको छ ।
उनी निरन्तर साइवर अपराधमा समेत संलग्न रहेको आरोप छ । समाजिक संजालमा एक अर्का सामुदामाथि लक्षित गरी हिंसा तथा घृणा फैलाउने जस्ता तु्च्छ शब्द प्रयोग गरी गालीगलौज गर्ने, हातहतियार प्रदर्शन गर्ने काममा सक्रिय रहेका थिए ।
प्रतिक्रिया 4