+
+
Shares

बेत्रावतीको फलाकु खोलामा बनेको एक्रो ब्रिज सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले नुवाकोट–रसुवाको सिमानामा बेत्रावतीस्थित फलाकु खोलामा ४० टन क्षमताको एक्रो ब्रिज सञ्चालनमा ल्याएको छ ।
  • ७३.२ मिटर लामो र ५.५ मिटर चौडाको पुल सञ्चालनमा आएपछि नुवाकोट र रसुवा आसपासका नागरिकको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
  • बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्री ढुवानीमा सहजताका लागि सेनाले गल्छी-रसुवागढी सडक आयोजनालाई पुल हस्तान्तरण गरेको छ ।

२५ असोज, काठमाडौं । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा बनेको एक्रो ब्रिज सञ्चालनमा आएको छ ।

४० टन भार बहन क्षमता भएको ७३.२ मिटर लामो र ५.५ मिटर चौडाको एक्रो ब्रिज सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने विश्वास गरिएको छ ।

साथै बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत सहजता हुने विश्वास लिइएको छ।

नेपाली सेनाले निर्माण गरेको उक्त पुल एक कार्यक्रमका बीच सडक आयोजनालाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाले गल्छी-रसुवागढी सडक आयोजनालाई उक्त ब्रिज हस्तान्तरण गरेको हो।

नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाइ पहुँच मार्ग निर्माण गरी २० असोजदेखि निर्माण कार्य सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?