+
+
Shares

बाँदरे जुलुस नेतृत्वको गलत सोचाइको उपज : उपाध्यक्ष शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १५:१८
फाइल तस्वीर

८ साउन, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका युवा पुस्तालाई बाँदर बनाएर सडकमा उतार्दैमा कम्युनिस्ट आन्दोलन उचाइमा नपुग्ने टिप्पणी गरेकी छन् । यो घटना नेतृत्वको गलत सोचाइ, व्यवहार र संस्कारको उपज भएको उनले बताइन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि एमाले अध्यक्ष ओली समूहले युवाहरुलाई बाँदरको रुपमा सकडमा उतारेका थिए ।

४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले पार्टीको र सिँगो राष्ट्रको नेतृत्व लिनका लागि भूमिका खेल्ने संस्कारको विकास गर्नु जरुरी रहेको बताइन् ।

एउटा नेताको अहंकारले कम्युनिष्ट आन्दोलन धरासयी भएको भन्दै उनले भनिन्, ‘सगरमाथाको चुचुरो पुगेको कम्युनिष्ट आन्दोलन आज गर्लाम्गुर्लुम एकैचोटी माथिबाट तल झर्‍यो । कम्युनिष्ट आन्दोलन धरासायी किन हुन पुग्यो ? यसको गम्भीर ढंगले समीक्षा हुनु आवश्यक छ ।’

कम्युनिष्ट आन्दोलन भित्र बेलाबेलामा देखिने दक्षिणपन्थी सोच, व्यक्तिवादी सोच, अवसरवादी सोच, गुटवादी सोच, विचारलाई तिलाञ्जली दिने सर्वसत्तावादी सोचले गर्दा कम्युनिष्ट पार्टी संकटमा परेको उनको भनाइ थियो ।

एउटा नेताको अहम्ताका कारण यत्रो उपलब्धीलाई झन्डै गुमाउनु परेको भन्दै नेतृ शाक्यले भनिन्, ‘अहिले व्यवस्था जोगिएको छ । संविधान जोगिएको छ । यो महत्वपूर्ण उपलब्धी जोगाउन सकेका छौं । तर यत्तिले मात्रै पुग्दैन । यो व्यवस्थालाई जनमुखी, सेवामुखी बनाउनका लागि अब कसरी अगाडि बढ्ने भन्ने कुरा महत्व राख्दछ ।’

छलफलको विषय बनोस् भनेर आफूले यो कुरा उठाएको भन्दै उनले पार्टीलाई एकतावद्ध गरेर अगाडि बढ्नुको विकल्प नभएको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?