+
+

मूलपानी नगर अस्पताललाई चिल्ड्रेन भिजनको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १४:०३

८ साउन, काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको लागि मूलपानी नगर अस्पताललाई चिल्ड्रेन भिजन नेपालले करिब ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘चिल्ड्रेन भिजन नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्री कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र मूलपानी नगर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रयुष अर्याललाई हस्तान्तरण गरिएको हो। चिल्ड्रेन भिजन नेपाल अध्यक्ष रमेश सिलवालले सहयोग सहयोग सामग्री हस्तान्तरण गरे ।

सिलवालले बालबालिकाको हितमा लगातार काम गरिरहने बताए। गत वर्ष उनलाई सरकारले समाज सेवारत्न पदकबाट समेत विभूषित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?