Comments Add Comment

टोकियो ओलम्पिक : हिटमा पहिलो हुँदै कीर्तिमान बनाएका एलेक्स पहिलो चरणबाटै बाहिरिए

१२ साउन, काठमाडौं । नेपाली पौडी खेलाडी एलेक्सजान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाए । पुरुष १०० मिटर फ्रिस्टाइलमा आफ्नो हिटमा पहिलो भएका उनले आफ्नै कीर्तिमान सुधार गरे । तर अर्को चरणमा पुग्न भने सकेनन् ।

टोकियो एक्वाटिक सेन्टरमा पहिलो हिटमै प्रतिस्पर्धा गरेका एलेक्स ५३.४१ सेकेण्ड समयसहित आफ्नो हिटमा पहिलो भए । यस हिटमा एलेक्ससहित ७ खेलाडी थिए । यसअघि एलेक्सकै नाममा ५४.१३ सेकेण्डको कीर्तिमान थियो । जुन उनले १३औं सागमा बनाएका थिए ।

यस स्पर्धामा उत्कृष्ट समयम हुने १६ खेलाडी मात्र सेमिफाइनल पुग्नेछन् । एलेक्स आफ्नो हिटमा पहिलो हुँदै कीर्तिमान बनाएपनि अन्य खेलाडीको समय राम्रो भएकोले उनी अर्को चरणमा पुग्न भने असफल रहे ।

टोकियो ओलम्पिकको उद्घाटनमा अर्का पौडी खेलाडी गौरिका सिंह संगै एलेक्सले नेपालको झण्डा बोकेका थिए । गौरिकाले बुधबार मिहला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment