+
+
Shares

दुर्गेशलाई बहिष्कार गर्ने तयारीमा दोहोरीगीत प्रतिष्ठान

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १३:१३

गायक दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४’लाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ । सो गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो धेरैको छ ।

स्रोता–दर्शकहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गर्छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ ।

कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई बेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।

सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले गायक थापाको ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।

प्रतिष्ठानले थापाको नाममा काटेको पत्रमा लेखिएको छ, ‘…यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं । कलाकारितामा नैतिकता र इमान्दारिता नै ठूलो हो, न कि पैसा र चर्चा ।’

संस्थाको आग्रहलाई वास्ता नगरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको छ । प्रतिष्ठान स्रोतका अनुसार सोही गीतको विषयलाई लिएर आइतबार प्रतिष्ठान केन्द्रीय कमिटीको बैठक समेत डाकिएको छ ।

‘हामीले उहाँलाई पत्र काटेरै ध्यानाकर्षण गराएका थियौं । तर उहाँले, प्रतिष्ठानको केही मतलब छैन । म आफ्नो तरिकाले अगाडि बढ्ने हो भन्ने खालको जवाफ दिनुभयो’ प्रतिष्ठानका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘आइतबारको बैठकमा हामी उहाँलाई संस्थागत रुपमा संस्थाका कुनै पनि कार्यक्रममा समावेश नगर्ने, आजीवन साधारण सदस्य पनि नरहने गरेर बहिष्कार गर्ने निर्णय गर्दैछौं ।’ प्रतिष्ठानका पदाधिकारीहरु राज्यले नै खुला छोडिदिएको हुनाले आफूहरुले नियन्त्रण गर्न नसक्ने धारणा राख्छन् ।

सरकारी तवरबाटै यस्ता गीत ल्याउनेलाई कारवाही हुनुपर्ने प्रतिष्ठानको धारणा छ । ती पदाधिकारीले भने, ‘हामीले नैतिक रुपमा भन्ने हो । अनुरोध गर्ने हो । नमानेर कोही नाङ्गै हिड्छ भने हामीले गर्ने के ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?