Comments Add Comment

रोयल इन्फिल्डको नयाँ मोडल ‘मिटिअर ३५० सीसी’ नेपालमा

एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रालिले रोयल इन्फिल्ड ब्रान्डले क्रुजर सिरिजमा नयाँ मोडलको मोटरसाइकल, मिटिअर ३५० सीसी सार्वजनिक गरेको छ ।

मिटिअर ३५० सीसी अन्तर्गत फायर बल, स्टेलर, र सुपरनोभा गरी तीन भेरियन्ट रहेका छन्, जस्मा फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभा को दुई अधिकारिक रङ्गहरु उपलब्ध हुनेछन् ।

मिटिअर ३५० एउटा क्रुजर सिरिजको मोटरसाईकल हो, जसमा जे सिरिजको एयर आयल कुल्ड एसओएचसी, ईन्जिन छ । इन्धनको कार्यकुशलता को लागि इलेक्ट्रोनिक फ्युल इन्जेक्सनभएको मोटरसाइकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि रखिएको छ ।

मोटरसाइकलमा टनर् टु र्टन नेभिगेसनको लागी गुगलसँगको सझेदारीमा बनाईएको ट्रिपरपोड र मोबाइल फोन चार्ज गर्नको लागी यूएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ ।

विवेक अटोमोवाइल्स प्राली ले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा मिटिअर ३५० सीसी बिक्री प्रवर्द्घन शुरु गर्ने भएको छ । बीएस भीआई संस्करण अन्तरगत क्रुजर सिरिजको मोटरसाइकलमा कम्पन घटाउनको लागी ब्यालेन्सर साफ्ट पनि राखिएको छ ।

मिटिअर ३५० सीसी अन्तर्गत फायर बल को मूल्य रु ६ लाख, स्टेलरकोो रु ६ लाख १७ हजार र सुपरनोभा को मूल्य रु ६ लाख ४५हजार राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment