+
+
Shares

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा कात्तिक १२ देखि १५ गतेसम्म ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ।
  • पोखराबाट सुरु भएको चारदिने राइड मुस्ताङसम्म पुगेको थियो, जहाँ सहभागीहरूले हिमाली भूगोल र साहसिक मोटरसाइकल यात्राको अनुभव लिए।
  • कम्पनीले महिला राइडरलाई प्रोत्साहन, आत्मविश्वास वृद्धि र पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम निरन्तर गर्ने जनाएको छ।

१९ कात्तिक, पोखरा । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ। कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइड पोखराबाट सुरु भइ मुस्ताङसम्म पुगेको थियो।

पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइडलाई अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले झन्डोत्तोलन गरी बिदाइ गरेका थिए। यात्राका क्रममा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए।

यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन रोयल इन्फिल्डको विशेष सेवा भ्यानसमेत परिचालन गरिएको थियो। लामो दूरीको यात्राका क्रममा मोटरसाइकलमा आउन सक्ने प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मतसम्भार सेवा उपलब्ध गराउने उद्देश्यले भ्यानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

महिला राइडरलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास बढाउने र राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ। यसले महिला राइडरबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान र सामुदायिक भावनाको विकासमा समेत सहयोग पुर्‍याएको छ।

यस्ता कार्यक्रमले महिला सशक्तीकरणसँगै नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने छ। विशेषगरी मुस्ताङजस्ता पर्यटकीय गन्तव्यलाई मोटरसाइकल यात्रामार्फत देश तथा विदेशमा चिनाउन र नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता उजागर गर्न सहयोग पुग्ने विश्वास कम्पनीले जनाएको छ।

रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइकलिङ’ अवधारणाअनुरूप नेपालमा मोटरसाइकल यात्रा संस्कृति, समुदाय निर्माण र साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको छ। विभिन्न यात्रामूलक तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीलाई जोड्दै आएको कम्पनीले जनाएको छ।

अल्फा अटोमोटिभले आगामी दिनमा पनि महिला राइडरको सहभागिता बढाउने, सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने र रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?