+
+

रातु खोलाबाट अवैध उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते २०:४४
फाइल तस्वीर

२ भदौ, जनकपुरधाम । महोत्तरीको रातु खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी उत्खनन् गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिवास नगरपालिका–३ स्थित रातु खोलाबाट बालुवा, गिट्टी उत्खनन गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लु ४ त ७७३५, ज.२ त.३०१ र प्रदेश नं.२–०२–००१ त.७२६२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि बर्दिबास नगरपालिकाको कार्यालयमा पठाइएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?