+
+

काठमाडौंमा मास्क लगाएर गाईजात्रा (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ भदौ ७ गते १९:०१

७ भदौ, काठमाडौं । आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व । विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन् ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर काठमाडौं लगायत देशभर मनाउने गरिन्छ ।

कोरोना महामारीका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरसहित नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानमा मास्क लगाएर स्थानीयहरुले गाईजात्रा पर्व मनाइ रहेका छन् ।

आजका दिन गाई वा मानिसलाई गाईको रुपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ । यसरी मानिसलाई गाईको रुपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्षदिन भित्र दिवंगत भएकाहरुले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रही आएको छ ।

राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व शुरु भएको बताइन्छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?