+
+

पल–समीक्षाबीच ‘स्टार र फ्यान’को गज्जबको कनेक्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १७:०३

गायिका तथा मोडल समीक्षा अधिकारीले ३ महिना अगाडि नायक पल शाहको प्रशंसा गर्दैै एउटा स्टाटस कोरिन् । जहाँ लेखिएको थियो–‘कोभिड १९ को समयमा आफ्नो ज्यान दाउमा राखी समाजमा दुःख परेकाहरुलाई सहयोग गर्नुहुने सबैको प्रिय पल शाहजी मेरो भित्रै मनबाट नमन प्रकट गर्न चाहन्छु । साथै, उहाँलाई आफू सुरक्षित भई सहयोग गर्न अपिल गर्दछु ।’

समीक्षाले नायक पल शाहको प्रशंसा गर्दै लेखेको यो स्टाटसले धेरैको ध्यान खिच्यो । पलले सामाजिक क्षेत्रमा थुप्रै काम गरेका छन् । तर, पलले कुनै अभियान सुरु गर्नु भन्दा अगाडि उनलाई यसरी शुभकामना दिएर हौसला बढाउने एक मात्र गायिका थिइन् समीक्षा ।

समीक्षाको सामाजिक संजाल हेर्ने हो भने पलसँगका थुप्रै तस्वीर र टिकटक देख्न सकिन्छ । टिकटकमा समीक्षाले पलसँग निक्कै रोमान्टिक मुडमा भिडियो बनाएकी छिन् । करिब डेढ महिना अगाडि समीक्षाले पलसँगको एउटा तस्वीर पोष्ट गर्दै ‘रियल हिरो’ भनेर ‘लभको साइन’ दिएकी छिन् । समीक्षाका पोष्टहरुमा पलप्रतिको उनको सम्मान र पलको प्रशंसा खुबै झल्किएको पाइन्छ ।

पल र समीक्षाले केही म्यूजिक भिडियोमा पनि काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘सुर्ती माड्दै’ बोलको गीतले खुबै चर्चा पाएको थियो ।

पलसँग समीक्षाले थुप्रै टिकटक बनाएकी छिन् । अधिकांश टिकटकमा मायाको भाव झल्किन्छ । ‘तिमी छैनौं मेरो भगवान् छैन’, यति माया लाउँदैन कसम’, तिमी भएनौं भने मलाई संझाउने को छ र ?, तिमीसँगै जिउने मर्ने चाहना छ मेरो, मुटु भित्र तिम्रै नाम, टाढा हुँदा आत्तिन मन साह्रै, भन्न थाल्यो बैशले’ बोलका गीतमा पल र समीक्षाका टिकटक हेर्न सकिन्छ । समीक्षाले आफ्नो टिकटक एकाउन्टमा पलले सामाजिक सेवा गर्दा पोष्ट गरेका भिडियोहरुलाई समेत अपलोड गरेकी छिन् ।

गायिका समीक्षा अधिकारी आफू पल शाहको ठूलो फ्यान भएको बताउँछिन् । उनले, आफू यो क्षेत्रमा नआउदा नै पलको भिडियो र चलचित्र हेरेर फ्यान भएको बताइन् । अनलाइनखबरसँग उनले भनिन्–‘पल शाहको म पहिलेदेखि नै फ्यान हुँ । अझ, उहाँसँग काम गर्न थालेपछि झनै फ्यान भएकी छु ।’

नयाँलाई निक्कै नै सम्मान गर्ने, काम सिकाउने पलको बानीले आफू प्रभावित भएको समीक्षा बताउँछिन् । समीक्षाले पलको आफू आजको दिनमा राम्रो साथी भएपनि सधैभरी उनको फ्यान भैरहने तर्क गरिन् ।

नेपाली गायन क्षेत्रमा समीक्षा सर्वाधिक व्यस्त गायिका हुन् । उनले स्वर भरेका चलचित्रदेखि आधुनिक तथा तीज गीतले दर्शकको मन जितेका छन् । हालैमात्र, समीक्षाले स्वर भरेको ‘कुरा वुझ्न पर्च’ बोलको गीतले दर्शकको मन जित्यो ।

पल र समीक्षा आजको दिनमा सर्वाधिक व्यस्त तथा चर्चामा छन् । उनै, नायक पल शाह र उनकी फ्यान तथा साथी समीक्षा बिचको कनेक्शन भने निक्कै नै गज्जबको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?