+
+
Shares

पल शाह भन्छन्, ‘डग लभर हुँ म’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘आ बाट आमा’मा पल शाहले कुकुरको बच्चा जोगाउने दृश्य समावेश गरिएको छ, जहाँ उनले आमाको माया देखाइएको बताएका छन्।
  • पल शाहले आफू डग लभर भएको बताउँदै कुकुर मनपर्ने र उनीहरूको माया लाग्ने बताएका छन्।
  • चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ दसैँको पूर्वसन्ध्यामा प्रदर्शनमा आउँदै छ र फिल्मले प्रचारप्रसार तीव्र बनाएको छ।

गाडी बेतोडले आइरहेको थियो । बाटोको मध्यभागमा एउटा अबोध कुकुरको बच्चा केही खाइरहेको थियो । गाडीको तीव्रता यस्तो थियो कि त्यो कुकुरको बच्चा टायरमुनि पर्न सक्थ्यो । र, त्यो निर्दोष प्राणीको शरीर क्षतविक्षत हुनेवाला थियो ।

आखिर घटना हुनेवाला नै थियो । त्यो बच्चाको ज्यान जानेवाला नै थियो । किनभने रमितेहरू भनिरहेका थिए, ‘त्यो बेवारिसे कुकुर हो… छाड्दे ।’

तर, मान्छेका लागि बेवारिसे लाग्ने त्यो बच्चा उसकी आमाका लागि के हो ?

आमा त आमा नै हो, चाहे त्यो मान्छेको होस् वा पशुप्राणीको । आफ्ना सन्तानप्रतिको त्यही मातृवात्सल्य देखाउन फिल्म ‘आ बाट आमा’मा उक्त दृश्य समावेश गरिएको छ । दृश्यमा एउटी विवश आमा र अबोध बच्चाबीचको घनिष्ठता देखाइएको छ ।

उक्त दृश्यमा अभिनेता पल शाहले ज्यानलाई दाउमा राखेर कुकुरको बच्चा जोगाउँछन् ।

अर्को पात्रले उनलाई हप्काउँछ, ‘जाबो एउटा कुकुरको बच्चाको लागि किन ज्यान नै खतरामा पारिस् ?’

तब पल भन्छन्, ‘तैँले त्यहाँ एउटा बच्चा मात्र देखिस् । तर, अलि पर उसकी लाचार आमालाई देखिनस् । …हाम्रो लागि त्यो एउटा कुकुरको बच्चा हो। तर, आमाको लागि त्यो सारा संसार हो ।’

यही अनस्क्रिन भूमिकालाई लिएर कतिपय ठाउँमा अभिनेता पल शाहलाई सोधियो, ‘तपाईं साँच्चै कुकुरलाई माया गर्नुहुन्छ ?’

पलको जवाफ थियो, ‘हो, खासमा म डग लभर नै हो ।’ आफूलाई कुकुर मनपर्ने र उनीहरूको माया लाग्ने उनले बताएका छन् । साथै, फिल्मका सम्पूर्ण टिमलाई कुकुरसँगको उक्त दृश्य नै सर्वाधिक मन परेको उनले बताएका छन् ।

भनिहालौँ, यो फिल्म दसैँको पूर्वसन्ध्यामा प्रदर्शनमा आउँदै छ । अहिले फिल्मले प्रचारप्रसारलाई तीव्र बनाएको छ । चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा पल शाहसँगै मलिका महत, विपना थापा, प्रदीप रावल, नरेन खड्का, साइग्रेस पोखरेल आदिको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?