+
+

पत्रकार भन्दै ठगी गरेको आरोपमा सुर्खेतबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १७:४९

८ भदौ, सुर्खेत ।  आफूलाई पत्रकार बताउँदै ठगी गरेको आरोपमा प्रहरीले सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ । धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विकलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनाले अनलाइन न्युज पोर्टल ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन् ।

शाही उक्त अनलाइनको प्रकाशक र विक उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ । ‘उनीहरुले आफ्नो कम्पनीमा शेयर खुलेको भन्दै ठगी गरेको पाइएको छ,’ डीएसपी घर्तीले भने, ‘पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?