+
+
Shares

आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा रु.१ हजार जित्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १९:१७

काठमाडौं । आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँ जित्न सकिने योजना सार्वजनिक भएको छ ।

‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्न सक्ने योजना आईएमई पेले जनाएको छ ।

यो योजना १६ भाद्रदेखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आईएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आईएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आईएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्नेको संख्या बढ्दै गइरहेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आईएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास कम्पनीको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?