Comments Add Comment

मुहानपोखरीमा मनोरञ्जन (फोटो फिचर)

१८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको कोलाहलपूर्ण वातावरणमा बस्नेहरु शान्त र खुला ठाउँको खोजीमा हुन्छन् । उनीहरुका लागि उपयुक्त विकल्प बनेको छ भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित मुहानपोखरी ।

शान्त र प्राकृतिक वातावरण अनि कञ्चन पानी । यहाँ घुम्न जाने युवायुवतीहरु पानीमा खेल्ने, नुहाउने, फोटो खिच्ने गरिरहेका देखिन्छन् ।

कोरोना महामारीका कारण वैशाख मध्यदेखि असारसम्म धेरै मानिसहरु घरभित्रै रहन बाध्य भए । असारमा निषेधाज्ञा खुलेपछि भने यस्ता पर्यटकीय स्थलहरुमा पनि चहलपहल बढ्न थालेको छ । यहाँ घुम्न जानेमा युवाको संख्या बढी छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विकास श्रेष्ठ

ट्रेन्डिङ

Advertisment