+
+

दाङ देउखुरीबाट एक थान पेस्तोलसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते ११:४३

१९ साउन, दाङ । दाङ देउखुरीको कालाकाटेबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ निवासी करमुल्हाल आमिर र राजा खानलाई पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्यागजिन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरूलाई सादा पोशाकको प्रहरी टोलीले आइतबार बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?