Comments Add Comment

चीनको नं.१ प्यासेन्जर गाडी ‘चाङ्गन’ अब नेपालमा

चाङ्गन अटो ग्रुपले नेपाली बजारमा प्रवेश गने औपचारिक  निर्णय गरेको छ । नेपालस्थित एमएडव्लु वृद्धि अटोकर्पसँगको व्यापिरक साझेदारीमा यस चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको विक्री वितरण गर्नेछ ।

सन् २०२१ मा चाङ्गन ब्राण्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको थियो । त्यसैगरी सन् २०२०मा यस ब्राण्डका २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकहरूमा विक्री भएको नियो ।

चीनमा विक्री र त्यहाँबाट निर्यात हुने फोर्ड र माज्दाका गाडीहरू चाङ्गन अटो ग्रुपले उत्पादन गर्छ । एमएडव्लु स्कोडा, जीप, जेसिबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तरार्ष्ट्रिय अटोमोबाइल ब्राण्डहरूको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता हो ।

सेडान, पिकअप, एसयुभी र इभीको साथै अवार्ड विनिङ युएनआइ श्रेणीका ब्राण्डहरू उत्पादक चाङ्गनले नेपाली बजारमा आफ्नो एक बेग्लै छवी बनाउन सफल हुनेमा एमएडव्लुका अध्यक्ष विष्णु अग्रवाल विश्वस्त छन्।

उनको भनाइ अनुसार भविष्यमुखी बनावट र नवीन प्रविधिले सम्पन्न चाङ्गन ब्राण्डले समग्र नेपाली अटोमोबाइल उद्योगलाई नयाँ गति दिन सहयोग गनेछ । साथै एमएडव्लु चाङ्गन गाडीको ग्राहकहरूको लागि उत्कृष्ट भन्दा उत्कृष्ट र सेवा सुविधा प्रदान गर्न प्रतिवद्ध रहेको उनले बताएका छन् ।

यसैगरी चाङ्गन अटो ग्रुपका उप महाप्रबन्धक देङ्गले एमएडव्लुसँग साझेदारी गर्दै नेपाली बजारमा अन्तरार्ष्ट्रिय स्तरको उत्पादन ल्याउन पाउँदा अत्यन्तै खुसी भएको बताए ।

यो देशकै दोश्रो ठूलो अटोमोटिभ ग्रुपले आफ्नो ग्राहक केन्द्रित विक्री सेवाको लागि ख्याति कमाएको छ, साथै सहकार्यमार्फत चाङ्गन ब्राण्ड आफ्नो सवोत्कृष्ट उत्पादन ग्राहकवर्गको बदलिँदो आवश्यकता र चाहनाहरूलाई पुरा गर्ने उनले बताए ।

पहिलो चरणमा सेडान, पिकअप  र एसयूभी तथा दोस्रो चरणमा विद्युतीय गाडीहरू नेपालमा बिक्री गर्ने योजना योजना चाङ्गन अटो ग्रुपको छ । ‘हामी र हाम्रो साझेदारीको नेपाली बजारमा बलियोभन्दा बलियो उपस्थिति हुने कुरा पूर्ण आशावादी छु, ‘ देङ्गले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment