News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावबारे शुक्रबार बिहान साढे ११ बजे राष्ट्रिय दलका नेताहरूसँग छलफल गर्दै छ ।
- आयोगले निर्वाचन व्यवस्थापन, आवश्यक पूर्वतयारी र दलहरूको सुझाव लिन छलफल गर्न लागेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
- स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले आयोगले नयाँ निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ ।
३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावबारे राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै छ ।
आयोगले शुक्रबार बिहान साढे ११ बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई छलफलका लागि बोलाइएको हो ।
प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले आयोगले नयाँ निर्वाचनको मिति घोषणाको तयारी गरेको छ । त्यसबारे जानकारी गराउँदै निर्वाचन व्यवस्थापन, आवश्यक पूर्वतयारी र राजनीतिक दलहरूको सुझाव लिनका लागि छलफल गर्न लागिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि क्रमश: छलफल गर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया 4