+
+
Shares

विद्युतीय मतदानको व्यवस्था गर्नेबारे छलफलमा निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १६:३२

२० असोज, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानवहादुर कार्कीले आगामी दिनमा इन्टरनेट (विद्युतीय) मतदानको दिशामा अघि बढ्ने बताएका छन् ।

निर्वाचन आयोगको मंगलबार ‘इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

जसलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त मानवहादुर कार्कीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त डा. राजीव सुब्बाले इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्दा निर्वाचन आयोगमा मात्र नभई नेपाल सरकारका विभिन्न निकायमा उपलब्ध आइसिटीसम्बन्धी ज्ञान, सीप, जनशक्ति तथा प्राविधिक क्षमताको नक्सांकन आवश्यक रहेको बताए ।

उनले इन्टरनेट मतदान प्रणाली वहुआयामिक र अन्तरनिकायसँग सम्बन्धित हुने भएकाले डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, डाटा आदानप्रदान, साइबर सुरक्षा, प्रणाली विकास, पूर्वाधार तथा सञ्चालनलगायतका क्षेत्रमा सम्बन्धित सरकारी निकायमा उपलब्ध विशेषज्ञता र सीपको पहिचान गर्न आवश्यक रहेको बताएका हुन् ।

इन्टरनेट मतदान प्रणाली कार्यान्वयनतर्फ अघि बढ्दा आवश्यक पर्ने प्राविधिक जनशक्ति, विशेषज्ञता र संस्थागत क्षमताको पहिचान तथा उपयोग गर्न आधार प्रदान गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?