Comments Add Comment

टी-२० क्रिकेटमा शकिबको १०० विकेट

२६ साउन, काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् ।

उनी टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बने । यस्तै टी-२० मा १०० विकेट लिने एक हजार रन बनाउने उनी पहिलो पुरुष खेलाडीसमेत बने ।

अष्ट्रेलियाविरुद्ध पाँच खेलको सिरिजअन्तर्गत पाँचौ खेलमा शकिबले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएका थिए । उनले शुरुको दुई विकेटपछि १०० विकेट पूरा गरे ।

टी-२० मा यसअघि श्रीलंकाका लासिथ मालिंगाले १०० विकेट पूरा गरेका थिए । मालिंगाले १०७ विकेट लिएका छन् ।

शकिबले ४/९ र मोहम्मद सैफुद्दिनको ३/१२ को प्रदर्शनपछि बंगलादेशले अष्ट्रेलियालाई ६० रनले पराजित गर्दै सिरिज ४-१ ले आफ्नो पक्षमा पारेको हो ।

बंगलादेशविरुद्ध यसअघि नै सिरिज गुमाएको अष्ट्रेलिया १३.४ ओभरमा मात्र ६२ रनमा अलआउट भएको थियो । जुन अष्ट्रेलियाको सबैभन्दा कम स्कोर हो । कप्तान म्याथ्य वेडले २२ र बेन म्याकडेर्मोटले १७ रन बनाउनुबाहेक अष्ट्रेलियनका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियालाई अलआउट गर्न शकिबले ३.४ ओभरमा १ मेडन राख्दै ९ रन मात्र खर्चेर ४ विकेट लिए ।

त्यसअघि बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १२२-८ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment