News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीले मोरङलाई ७ विकेटले हराउँदै कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
- मोरङले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो, तर सुनसरीले १८.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
- सुनसरीले मंगलबार फाइनलमा झापा र उदयपुरबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
३० कात्तिक, काठमाडौं । मोरङलाई ७ विकेटले हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
सोमबार विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउन्डमा भएको पहिलो सेमिफाइनलमा मोरङले दिएको १२३ रनको लक्ष्य सुनसरीले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
सुनसरीका लागि रितेश रोयले ३६ र गौरव कटवालले २८ रन बनाए। सोनु मण्डल २४ तथा रोहन साह १६ रनमा अविजित रहे। मोरङका प्रेम कामत, श्रवण किस्कु र क्रिश शर्माले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। उसका लागि फिर्दोष अन्सारीले ४४, शाकिब हकले २२, प्रेम कामतले १४ र रुद्रप्रताप साहले ११ रन जोडे।
सुनसरीका शिवन यादव, भूपाल लुइँटेल, प्रकाश कार्की र रविन मण्डलले दुई–दुई विकेट लिए। समीर तिम्सिनाले एक विकेट हात पारे।
सुनसरीले मंगलबार हुने फाइनलमा झापा र उदयपुरबीच जारी दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले पहिलोपटक नौ जिल्लालाई सहभागी गराएर प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिनेछ।
प्रतिक्रिया 4