Comments Add Comment

उपत्यकामा थपिए १,१३३ जना संक्रमित

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै काठमाडौंमा ८ हजार ११० जना, भक्तपुरमा १ हजार ३२९ र ललितपुरमा १ हजार ८ सय ८७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ भने काठमाडौंमा हालसम्‍म २ हजार १ जना, भक्तपुरमा ३९८ जना र ललितपुरमा ६१८ जनाको मृत्‍यु भइसकेको छ ।

बिहीबार देशभर ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३२ जनाको मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment