+
+

वैदेशिक रोजगार कसूरमा दोषी ठहर भएकी महिला ६ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते १८:२९

२८ साउन, काठमाडौं । वैदेशिक रोजगार कसूरको मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापाको विर्तामोड नगरपालिका–६ की ४८ वर्षीया उर्मिला पन्दाकलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई २०७२ साल जेठ १७ गते एक वर्ष ६ महीना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकी पन्दाकलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?