Comments Add Comment

प्रदेश प्रमुखलाई आरोपित नगर्न चेतावनी 

फाइल तस्वीर

२९ साउन,बुटवल । नयाँ सरकार गठनको विषयलाई लिएर नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्षले दिएको अभिव्यक्तिप्रति प्रदेश प्रमुखको सचिवालयले गम्भीर आपत्ति जनाएको छ ।

प्रदेश प्रमुखको निजी सचिवालयकोतर्फबाट नारायणप्रसाद आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश प्रमुख कुनै राजनीतिक दलको सदस्य रहेको हुँदैन, नितान्त संवैधानिक जिम्मेवारी रहेको हुन्छ र सोही अनुसार निर्णयमा पुग्ने संस्था हो । आइन्दा यसप्रकारका तुच्छ आरोप नगर्न आग्रह गर्दछु ।’

एमालेका लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बिहीबार विज्ञप्ति जारी गरी आफ्नो दलका सांसदलाई चार दलीय गठवन्धनमा सामेल गराइएको विषयमा प्रदेश प्रमुख अमिक शेरचनलाई जोडेर गैरसंवैधानिक र गैरसंसदीय भूमिका निर्वाह गरेको आरोप लगाउँदै निन्दा गरेका थिए ।

एमालेले जारी गरेको विज्ञप्ति :

एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका उदाहरणप्रति लिला गिरीको ध्यान नपुगेको हो कि भन्ने प्रश्न प्रदेश प्रमुखको निजी सचिवालयले गरेको छ ।

पार्टी परिवर्तन गर्ने र नगर्ने विषय नितान्त राजनीतिक र व्यक्तिको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पुुर्वाग्रहको तुच्छ मनोवृत्ति र अति निन्दनीय कार्य भएको विज्ञप्तिमा छ ।

प्रदेश सभा सदस्यहरु मध्ये कुन सदस्य कुन पार्टीका हुन् र कसले कुन पार्टीमा प्रवेश गरे वा गरेनन् भन्ने विषय प्रदेश प्रमुख कार्यालयसँग सम्बन्धित वा क्षेत्राधिकारभित्र नपर्ने उनले स्पष्ट पारेका छन् ।

प्रदेश प्रमुखको सचिवालयले जारी गरेको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment