+
+

किटो डाइट : तौल घटाउने चक्करमा हामी के गल्ती गर्छौं ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३० गते ८:४६

कसरी वजन कम गर्न सकिन्छ ? भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ ‘किटो डाइट’को प्रयोग गरेर ।

यो कुरा सही हो कि वजन कम गर्नको लागि किटो डाइट राम्रो विकल्प हो । तर यसलाई अपनाउनुको पछि केही समस्याहरु पनि छन् ।

अहिलेको समस्या भनेको नै मान्छेहरु तौल घटाउन चाहन्छन् तर तोकिएको खाना खान चाहँदैनन् ।

किटो डाइटमा खानेकुराको सही छनौट, त्यसको पोषण मूल्य आदि गणना गरेर विभिन्न खाद्य तालिका निकालिएको हुन्छ ।

यसलाई अनुसरण गर्ने सबै मान्छेमा छिट्टै यसबाट राम्रो नतिजा आउँदैन । तर केही मान्छेलाई छोटो समयमै पनि यसको फाइदा हुने देखिन्छ ।

किटो डाइट के हो ?

लो–कार्ड डाइट, लो कार्ब फ्याट आदि नामले पनि जान्ने गरिन्छ । किटो डाइटमा फ्याटको मात्रा अधिक हुने गर्छ ।

यस्तोमा यस्ता खानेकुराको सेवन गर्ने गरिन्छ । जुन फ्याटमा बढी र कार्बाेहाइड्रेडमा कम हुन्छ । किटो डाइट लिँदा हामीले गर्ने केही गल्तीहरु निम्नानुसार छ ।

१ . पर्याप्त चिल्लो पदार्थ नखानु

किटो डाइटमा केवल थोरै कार्बाे हाइड्रेड मात्रै होइन चिल्लो पदार्थ कम खाइन्छ । तपाईं दिनभरमा जति पनि क्यालोरीको सेवन गर्नुहुन्छ । त्यसमध्ये ७५ प्रतिशत स्वस्थ चिल्लो पदार्थबाट, २० प्रतिशत प्रोटिनबाट र ५ प्रतिशत कार्बाेहाइड्रेडबाट आउनु पर्छ ।

फ्याटको सेवनले भोक मेटिन्छ । यदि तपाईं पर्याप्त मात्रामा कुनै पनि स्वस्थ चिल्लो पदार्थको सेवन गर्नुहुन्छ भने त्यसबाट कार्बाेहाइड्रेडको कमी हुँदैन।

२. धेरै दुग्ध पदार्थ खानु

अधिक मात्रामा दुग्ध पदार्थ खाँदा पनि किटो डाइट नियमित हुँदैन । जसले शरीरको किटोसिस अवस्थाबाट बाहिर ल्याउने गर्छ ।

धेरै डेयरी उत्पादनहरुमा अप्रत्यक्ष चिनीको मात्रा धेरैहुन्छ । त्यसैले कुनै पनि दुग्ध पदार्थ खाँदा पोषणको तह जाँच गर्नुपर्छ ।

साथै, यदि तपाईं डेरी उत्पादनलाई आफ्नो खानामा समेट्नुहुन्छ भने तिनीहरुको क्यालोरीबारे ध्यान दिनुहोस् । अन्यथा तौल घट्नुको साटो बढ्न सक्छ ।

३. पर्याप्त पानी नपिउनु

तपाईं के खाइरहनु भएको छ ? को साथसाथै तपाईं के खाइरहनु भएको छैन ? भन्ने बारेमा पनि ध्यान दिनुपर्छ ।

किटो डाइटमा तपाईंको शरीरले ऊर्जाको लागि चिल्लो पदार्थ शोषण गर्छ । यो प्रक्रियालाई तीब्र बनाउनको लागि शरीरमा तरल पदार्थको आवश्यकता पर्छ । तपाईं यदि पर्याप्त पानी पिउनुहुन्न भने मेटाबोलिज्मको स्तर कम भएर वजन कम हुन बिस्तारै बन्द हुन्छ । त्यसैले पानी बढी पिउनुपर्छ ।

४. अधिक प्रोटिनको प्रयोग

किटो डाइटको प्रयोग गर्नेहरुको समस्या भनेको नै उनीहरु चिल्लो पदार्थको मात्रा खानामा बढाउँछन् भने कार्बाेहाइड्रेडको मात्रा कम गराउँछन् । तर प्रोटिनको मात्रा सन्तुलनमा राख्न सक्दैनन् ।

कतिपयले अतिरिक्त प्रोटिन पनि लिने गर्छन् । यसले उल्टै असर पुर्याउन सक्छ । त्यसैले चिकित्सकको सल्लाहविना किटो डाइट लिनु हुन्न ।

५. पर्याप्त निन्द्रा लाग्दैन ?

मांसपेशीलाई बलियो बनाउन होस् या बोसो घटाउन पनि पर्याप्त निद्रा उपयोगी हुन्छ । यदि तपाईं किटो डाइट लिएरै तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा ७–८ घण्टासम्म सुत्नुपर्छ ।

६. धेरै क्यालोरी खानु

धेरै मानिसलाई लाग्छ कि किटो आहारमा तपाईं जति चाहनुहुन्छ, खान सकिन्छ । यो सोच गलत छ । बोसोमा धेरै क्यालोरी पाइन्छ ।

यदि तपाईं किटो डाइटमा मात्र नभई कुनै अन्य डाइटबाट तौल घटाउन चाहनुहुन्छ भने तपाईं क्यालोरी कम प्रयोग गर्नुपर्छ । त्यसैले, तपाईंको आवश्यकता अनुसार क्यालोरको उपभोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?