+
+
Shares

गोरखामा भदौ ११ गतेसम्‍म निषेधाज्ञा थप, सवारी साधन चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १६:१८

३१ साउन, गोरखा । गोरखामा कोरोना संक्रमितको संख्या बढ्‍दै गएपछि जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्दै निषेधाज्ञा लम्ब्याएको छ ।

आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि ११ गतेसम्म निषेधाज्ञा थप गर्दै कडाइ गरेको हो ।

जिल्लामा कोरोना संक्रमणको दर बढेकाले निषेधाज्ञामा थप कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘यसअघिको बैठकबाट यही साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरेका थियौ,’ उनले भने, ‘आज बैठक बसेर भदौ ११ सम्म लम्व्याउने निर्णय भयो ।’ थप गरिएको अवधिमा निषेधाज्ञामा कडाइ गरिने उनले जानकारी दिए ।

उनका अनुसार दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, कृषिजन्य विउविजन र निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कशस बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यी बाहेकका अन्य सबै पसलहरु भने बन्द रहने छन् । औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहनेछ ।

बैठकले गरेको निर्णय अनुसार सहकारी, लघुवित्त, बिमा कम्पनी लगायतका वित्तिय संस्थाको सेवा प्रवाह बन्द हुनेछन् । बैकको हकमा गोरखा नगरपालिका भित्रका बैकले सम्पर्कको आधारमा आकस्मिक सेवा मात्र प्रवाह गर्न पाउने छन् । अन्य पालिकाको हकमा सम्बन्धित पालिकाको निर्णय अनुसार बैकको सेवा सञ्‍चालन हुने बताइएको छ ।

अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुले सेवा पनि ठप्प हुने भएको छ । स्वास्थ्य, सुरक्षा, खानेपानी, बिद्युत, संचार, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यवाश्यक सेवाहरु भने बन्द नहुने बताइएको छ । भौतिक रुपमा उपस्थित भइ हुने पठनपाठन, परिक्षा लगायतका शैक्षिक गतिविधी गर्न पनि रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?