Comments Add Comment

बाढीप्रभावित चेपाङलाई ग्लोबल कलेजका विद्यार्थीको सहयोग

चितवनको कालिका– १० र ११ का बाढी प्रभावितचेपाङ परिवारलाई काठमाडौँको ग्लोबल कलेज इन्टरनेसनलका विद्यार्थीले राहतबाँडेका छन् । उनीहरूले एक महिनासम्म विद्यार्थी तथा अभिभावकबाट रकम संकलनगरी करिब २ लाखबराबरका सामग्री हस्तान्तरण गरेका हुन् ।

ग्लोबल सोसल क्लबको जीसीआई फुड एण्डक्लोथिङ डोनेसन सर्कलका लिडर गौरवराज श्रेष्ठका अनुसार २२ परिवारलाई सहयोगदिइएको हो । सहयोग सामग्रीमा ब्ल्याङकेट, चामल, लत्ताकपडाका सेट, नुन, सोयाबिन, चाउचाउलगायत रहेको श्रेष्ठले जानकारी दिए ।

१७ असारको बाढीले घरबारविहीन बनेको चेपाङ बस्तीमा यो सहयोगले केही हदसम्म राहत पुग्ने विश्वास विद्यार्थीहरूले गरेका छन् ।

बाढीले घरखेत बगाएपछि हाल उनीहरूलेबाख्राको खोर, अस्थायी टहरा, स्कुलको छात्रावास, आफन्तीको घरमा आश्रयलिइरहेका छन् । ग्लोबल कलेजको बीटीटीएम विभागका शिक्षक नोजल कोइराला , प्रशासन शाखा प्रमुख पदम पाण्डेले सञ्चारमाध्यममा समाचार आएपछि सहयोगगरिएको बताए ।

चेपाङ अभियन्ता केपी किरण शर्माले घरबारविहीन परिवारलाई स्थायी बसोबासकोव्यवस्था मिलाउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । तत्कालीन सिद्धिगाविसका पूर्वअध्यक्ष कृष्णबहादुर प्रजाले एक महिना पूरा हुँदासमेत राहतकोभरमा बस्नुपर्ने बाध्यता रहेको बताए । उनको पनि बाढीले घरखेत बगाएको छ ।कालिकाको तीन दोभान, चेउराङ, कामिमाङलगायतका क्षेत्रमा बाढीले ठूलो असरपुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment