Comments Add Comment

प्रेमको तीन रुप : कुनै पीडादायक, कुनै रोमाञ्चक

प्रेमको परिभाषा आयमिक छ । प्रेमको प्रारुप पनि फरक फरक हुन्छ ।  आमा र बच्चाबीचको प्रेम, मान्छे–मान्छेबीचको प्रेम, वैशालु जोडीबीचको प्रेम ।

प्रेमको अनुभूतिमा पनि एकरुपता हुँदैन । कुनै प्रेम रोमाञ्चक र आनन्ददायक हुन्छ भने कुनै प्रेम पीडादायी पनि ।

प्रेमको पहिलो प्रकार : चलचित्रको जस्तो प्रेम

यो त्यस प्रकारको माया हो, जुन हामी चलचित्रमा देख्छौं । जब हामी रोमान्टिक उपन्यास पढ्छौं, त्यसका पात्रहरु विल्कुल काल्पनिक हुन् । तर हामी त्यसैमा डुब्ने गर्छाैं । केटा र केटी भेटिन्छन् । एक अर्कामा हेराहेर हुन्छ, उनीहरु एकअर्कासँग नजिकिन्छन् । चलचित्रमा पनि त्यस्तै हुन्छ । केटा र केटी भेटिन्छन्, केटाको पुरुषार्थ र केटीको सुन्दरतामा दुवै मग्न हुन्छन् । एक अर्कामा मनपरापर हुन्छ र उनीहरु विहेसम्म पुग्छन् ।

यो प्रेम पनि कतिपयको लागि साँचो लाग्छ र कतिपयलाई नक्कली । यसरी पहिलो भेटमा नै मन परेर जोडिएको जोडी संसारमा नमुना जोडीको रुपमा देखिने छ । धेरैले उनीहरुको जोडीलाई प्रेमको उदाहरणको रुपमा लिनेछन् । यसप्रकारको प्रेमलाई चलचित्रको जस्तो प्रेम मान्न सकिन्छ ।

प्रेमको दोस्रो प्रकारः पीडा दिनेवाला माया

एउटा धेरै पुरानो भनाइ छ, त्यो माया के माया जसमा पीडा हुँदैन । यो सत्य हो कि पीडाबाटै हामीलाई आनन्दको महसुस हुन्छ । चाहे त्यो पीडा भावनात्मक होस् वा शारीरिक । यो तपाईंहरुको सम्बन्ध तोड्न पर्याप्त हुन्छ ।

कहिलेकाहीँ तपाईं आफैंमा अभाव महसुस गर्न थाल्नुहुन्छ । यस्तो प्रेममा तपाईंलाई लाग्न सक्छ जो कोहीसँग पनि नराम्रो हुनुमा तपाईं नै जिम्मेवार हुनुहुन्छ । यस प्रकारको प्रेमको दुईटा सिमाना हुन्छ । पहिले तपाईं आफ्नो साथीको अपमानजनक व्यवहार सहनका लागि नै यस्तो प्रेम गरेको जस्तो लाग्छ । यस्तो प्रेममा तपाईंले आफ्नो आत्मसम्मानमा चोट पुगेको महसुस हुन्छ । यो अर्काे खालको प्रेमको प्रकार हो ।

प्रेमको तेस्रो प्रकारः अप्रत्याशित प्रेम

प्रायःजसो हामी त्यही व्यक्तिसँग प्रेममा पर्छाैं, जसलाई हामी जतिबेला पनि सोच्ने गर्छाैं । हामीले प्रेम गर्ने व्यक्ति पहिले मन परेको वा नपरेको पनि हुन सक्छ । मन नपरेको व्यक्ति भए पनि कसैसँग धेरै कुराकानी हुँदै गएपछि बिस्तारै मन पराउन थालिन्छ । तर कहिलेकाहीँ जिन्दगीले यस्तो खेल खेल्छ कि धेरै चीजहरु हामीसँग हुन्छ, जुन हामीले हाम्रो सपनामा पनि सोचेको हुँदैनौं । कहिलेकाहीँ यस्तै अप्रत्याशित प्रेम हुन्छ । तपाईं कसैको प्रेममा पर्नुहुन्छ जसको विचार, जीवनशैली बिल्कुल तपाईंको सँग मेल खाँदैन । अझै पनि थाहा हुँदैन कि कुन आकर्षणले तपाईंहरु एक अर्कासँग जोडिनु भयो ? यो स्पष्ट रूपमा व्याख्या गर्न सकिँदैन । कतिपय चलचित्रमा देखाइएको हुन्छ कि राम्रो केटी नराम्रो केटासँग जोडिएको हुन्छ, धनी केटी गरिब केटासँग प्रेममा जोडिएकी हुन्छिन् । यो संसारको लागि अनौठो लाग्न सक्छ । तर यो अनौंठो हुँदैन ।

यस्तो प्रेममा के हुन्छ भन्ने धेरैलाई जानकारी हुन्छ । उनीहरु एकअर्कासँग बिस्तारै टाढिँदै जान्छन् । जसले गर्दा मायाबाट उनीहरु टाढा हुँदै जान्छन् । अर्काे शब्दमा भन्दा जब अप्राप्य प्रेम एक जीवनकालको लागि रहन्छ भने त्यस्तो अवस्थामा मान्छेहरु साँच्चिकै राम्रो पनि बन्छन् । तर कतिपयलाई लाग्छ कि उनीहरु साँच्चिकै नराम्रो मान्छेसँग प्रेममा परे । उनीहरुले एक अर्कालाई बदल्न खोज्छन् । तर सक्दैनन् र उनीहरु आआफ्नो बाटो लाग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment