Comments Add Comment

अफगानिस्तानको स्थिति नियन्त्रणबाहिर जान थालेकाेमा राष्ट्रसंघको चिन्ता

अफगानिस्तानको कान्दाहारमा सरकारी सुरक्षा फौज र तालिवानबीचको भिडन्तका क्रममा देखिएको धुँवा । तस्वीर : एपी/रासस

३० साउन । तालिवानले एकपछि अर्काे प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तान झनै अशान्त बन्दै गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विद्रोही समूह तालिवानले ३४ मध्ये आधाभन्दा बढी प्रान्त आफ्नो नियन्त्रण लिएको उल्लेख गरेका छन् ।

राजधानी कावुल नजिकै रहेका र पहिला तालिवानको कम उपस्थिति रहेका प्रान्तहरु समेत तालिवानले कब्जामा लिएको छ । सरकारी सुरक्षा फौज र तालिवानबीचको भिडन्तमा सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् । हजारौं व्यक्तिहरु सुरक्षा खोज्दै राजधानी कावुलतर्फ हिँडेका छन् । पछिल्लोपटक तालिवानले पटिका र कुनर प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

अबको केही हप्तामा नै तालिवानले राजधानी कावुलसमेत कब्जामा लिने खतरा बढेपछि विभिन्न मुलुकले त्यहाँ रहेका आफ्ना नागरिक र कूटनीतिज्ञलाई आफ्नो देशमा लैजाने प्रक्रिया शुरु गरेका छन् । आफ्ना कूटनीतिज्ञलाई फिर्ता लैजानको लागि अमेरिकाले ३ हजार सैनिकलाई अफगानिस्तान पठाएको छ । अरु देश पनि आफ्ना नागरिकलाई फिर्ता लैजाने तयारीमा छन् ।

तालिवानले आफ्ना गतिविधि बढाउँदै गर्दा अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शनिबार देशवासीको नाममा सम्बोधन गरेका छन् । उनले बढ्दो तालिवानको प्रभावको बारेमा के गर्ने भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायसँग परामर्श भइरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले दुवै पक्षलाई नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले नागरिकमाथिको आक्रमण मानवीय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समेत उल्लेख गरेका छन् ।

तालिवानले आफ्ना गतिविधि बढाउँदै गर्दा अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शनिबार देशबासीको नाममा सम्बोधन गरेका छन् । उनले सुरक्षा फौजलाई प्रभावकारी ढंगले पुनः परिचालन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले बढ्दो तालिवानको प्रभावको बारेमा के गर्ने भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायसँग परामर्श भइरहेको बताएका छन् ।

त्यसैगरी देशभित्रका राजनीतिक दलहरुसँग पनि परामार्श भइरहेको जानकारी उनले दिएका छन् । पछिल्लोपटक तालिवानले आक्रमण बढाएसँगै देश गम्भीर राजनीतिक अस्थिरताको चपेटामा पर्न लागेको घानीले सम्बोधनमा उल्लेख गरेका छन् । उनले थप राजनीतिक अस्थिरता र हिंसा रोक्न सरकारले काम गरिरहेको भन्दै नागरिकलाई आश्वस्त बनाउन खोजेका छन् ।

तालिवानले आफूले नियन्त्रणमा लिएका प्रान्तहरुलाई सामान्य अवस्थामा फर्काउन लागेको छ । तालिवानका अधिकारीहरुले मिडिया मार्फत आत्मसर्मण गर्ने सरकारी सुरक्षा फौजलाई केही नगर्ने, नागरिकले आफ्ना आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने र कुनै पनि समुदायको व्यक्तिलाई आक्रमण नगर्ने भनी आश्वस्त पार्न खोजेका छन् ।

उनीहरुले यसअघि आफूहरुले अपनाएको कट्टर नीतिलाई खुकुलो पारेको र अब महिला पनि विद्यालय र काममा जान पाउने उल्लेख गरेका छन् ।

तालिवानले अफगानिस्तान कब्जा गरेमा आफूहरुको के रणनीति हुने भन्ने विषयमा विश्वका ठूला मुलुकहरु भने मौन छन् । उनीहरुको यतिबेला ध्यान त्यहाँ रहेका आफ्ना नागरिक जोगाउनेमै देखिएको छ ।

केही पश्चिमा मुलुकले तालिवानले सत्ता कब्जा गरेकमा त्यसलाई मान्यता नदिने बताएका छन् । तर अमेरिका, वेलायत, भारत, चीन लगायतका मुलुकहरु मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment