Comments Add Comment

तेस्रो वार्षिकोत्सव मनाउँदै निमा एकेडेमी

निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ l सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले नेपालको शिक्षालाई डिजिटाइज गर्ने काम गरिरहेको छ ।

आफ्नो वार्षिकोत्सवको अवसरमा निमा एकेडेमीले कार्यक्रम आयोजना गरेको थियो l शनिबार आफ्ना कर्मचारीहरुलाई आफ्नो योगदानको लागि स-धन्यवाद स्वरूप उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको थियो l

यी तीन बर्षमा निमा एकेडेमीले शिक्षा क्षेत्रमा धेरै फड्को मारी सकेको छ l शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा डिजिटल छाप छोड्न निमाएकेडेमी धेरै हद सम्म सफल भएको छ l

सुरुमा ई-शिक्षा प्रणालीको बारेमा केहि नबुझ्नेले पनि अहिले अनलाइन कक्षा र ई-शिक्षाको बारेमा राम्रोसंग बुझेका छन् l कोरोना महामारीको कारण ई-शिक्षाको महत्व झन् बढी चुलिएको छ l निमा एकेडेमीमा अहिले १५० भन्दा धेरै विद्यालयहरु जोडिएका छन् l

हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइन्छ र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ । साथै निमाएकेडेमीले विस्टिम र लेट्स रिड एशियाका शैक्षिक सामग्री तथा कोर्सहरु पनि आफ्नो वेबसाइट र एपमा निशुल्क उपलब्ध गराएको छ l

यो पनि पढ्नुहोस अनलाइन शिक्षा प्रणाली : निमाले शुरु गरेको त्यो अभियान

निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश गरिएको छ l निमा एकेडेमी वेबसाइट र एपमा उपलब्ध छ l निमा एकेडेमी एप आइओएस र एन्ड्रोइड दुबैमा उपलब्ध रहेको छ l

निमा एकेडेमीका कोर्सहरू रमाइला र अन्तरक्रियात्मक खालका हुने कम्पनीले जनाएको छ l जसले गर्दा विद्यार्थीहरुले पढेको कुरा सम्झिन र बुझ्न सजिलो हुन्छ भने शिक्षक/ शिक्षिकाहरुको पढाउने अभ्यास पनि परिस्कृत हुदै जाने कम्पनीले बताएको छ l यसरी निमा एकेडेमी पढ्नमात्रै होइन, पढाउन समेत उपयोगी साबित भएको छ l

निमा एकेडेमीले तयार गरेको पाठ्यक्रम बालबालिकाको चाहनालाई विशेष ध्यान दिएर निर्माण गरिएको सीओओ जोशीले बताइन् । हाललाई गणित, विज्ञान र सामाजिक शिक्षालाई विशेष फोकस गरिएको उनले बताइन् ।

बालबालिकाहरूलार्ई अलि कठिन लाग्ने यी विषयहरूलाई कसरी उनीहरूले बुझ्ने शैली अर्थात् सरल र सहज तरिकाले पढाउने भन्नेबारे निकै खोजी गरेर मात्रै पाठ्यक्रम तयार पारिएको उनको भनाइ छ ।

सन् २०२२ सम्ममा नेपाली विद्यार्थीहरुका लागि अन्तराष्ट्रिय स्तरबाट मान्यता प्राप्त कोर्सहरु उपलब्ध गराउने निमाएकेडेमीको उदेश्य रहेको छ l

निमा एकेडेमीले विकास गरेको डिजिटल लर्निङ विधिले स्मार्ट शिक्षा प्रणालीमा थप योगदान पुर्याउने विश्वास एकेडेमीको छ । बालबालिकाको भविष्य भनेको स्मार्ट लर्निङ विधिमै भएकाले यो विधि अहिलेदेखि नै लागू गर्दै लैजानुपर्ने एकेडेमीको भनाइ छ ।

एकेडेमीकी सीओओ जोशी स्मार्ट शिक्षा विद्यार्थीहरूका लागि मात्र नभएर शिक्षक तथा अविभावकका लागि पनि भएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment