१२ मंसिर, रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको हो ।
गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक बाँफिकोट गाउँपालिका–७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते भएका छन् । उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
नदुवाबाट राडीतर्फको भित्री सडकमा अनियन्त्रित भएर मोटरसाइकल नालामा खसेको थियो ।
प्रतिक्रिया 4