+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

एमाले प्रतिनिधि छनोट विवाद : भीम आचार्यका स्वकीय सचिव कुटिए

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते २१:१६

११ मंसिर,विराटनगर । नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा सुनसरीको धरानमा एमाले जिल्ला सदस्यमाथि कुटपिट भएको छ  ।

युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल राजधामीमाथि निर्घात कुटपिट भएको हो । अनिल राजधानी एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यको स्वकीय हुन् ।

राजधामी एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल गुटसँग नजिक छन् । उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले उनलाई कुट्दै बाटोमा निकालेको एक प्रत्यक्षदर्शीले बताए ।

युवातर्फ १ जना युवा प्रतिनिधिका लागि राजधामीसहित रवि खनाल, आर्जन वाग्ले, योगेशबाबु काफ्ले र दिवस वान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन् । बिहीबार दिउँसो सर्वसम्मत गर्ने भन्दै छलफल बोलाइएको थियो । राजधामीले चुनाव लड्ने बताए अडान लिएका थिए ।

‘निर्वाचन नगर्ने पार्टी नेतृत्वले गरेको निर्णय मन्जुर छ भनि कागजमा चार जनालाई सही गराइएको थियो, उसले नमानेपछि कुटपिट भयो,’ एमाले धरान स्रोतले भन्यो, ‘कुटपिटपछि उनलाई पार्टीले गरेको निर्णय मान्य हुन्छ भन्ने कागजमा सहीछाप गर्न लगाइएको छ ।’

अब युवा प्रतिनिधि छनोटको निर्णय पार्टीले गर्नेछ ।

एमाले धरान नगरकमिटी अध्यक्ष हर्कराज एभेङका अनुसार युवा प्रतिनिधि उम्मेद्वारबीचको विवाद मिलिसकेको छ । सामान्य विवाद भएको बताउँदै उनले मिलापत्र भइसकेको बताए ।

’युवाहरु छलफल गर्दा सामान्य बादविवाद हुनु स्वभाविक हो, खै के नमिलेर धकेला धकेल गरे,’ उनले भने,’ यो विषय अघि मिलिसक्यो, कुरा मिलाएर अंकमाल गरेर (अनिलको) अनुहारको ट्रिटमेन्ट गरेर फर्किसकेको कुरा हो ।’

राजधामी धरानको विजयपुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?