News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ मा मोटरसाइकल दुर्घटनामा ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको छ।
- मोटरसाइकल अनियन्त्रित भई सडकछेउको नालामा खसेको प्रहरीले जनाएको छ।
- चालक २९ वर्षीय हरिभान खत्री घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
११ मंसिर, रुकुमपूर्व । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
बिहीबार साँझ बाँफिकोट गाउँपालिका–७ बास्तोलास्थित भित्री सडकखण्डमा क. प्र. ०३–००१ प ०६१३ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही वडाका ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
उनका अनुसार नदुवाबाट राडीतर्फ जाँदै गरेको मोटरसाइकल बास्तोलामा अनियन्त्रित भई सडकछेउको नालामा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा बाँफिकोट–७ चिमारचौर घर भएका चालक २९ वर्षीय हरिभान खत्री घाइते र पछाडि बसेका झलक खत्री घाइते भएका थिए।
दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा चिकित्सकले झलकलाई मृत घोषणा गरेका हुन् । हरिभानको उपचार भइरहेको छ ।
प्रतिक्रिया 4