+
+
Shares

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ९:३५

२३ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई शनिबार राति १२ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका ७ बस्ने १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार चितवनको राप्ती नगरपालिका ५ बस्ने २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनास्थलबाट उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । तर उपचारको क्रममा कँडेलको गएराति १ बजेर २५ मिनेटमा र तामाङको २ बजेतिर चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?