Comments Add Comment

शाओमीले वीरगञ्जमा आफ्नो अधिकृत सेवा केन्द्रको लन्च गर्दै

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो नवीनतम अथोराइज्ड सर्भिस सेन्टर (एएससी) को घोषणा गरेको छ । रुँताजमल, आदर्शनगर, वीरगन्जमा अवस्थित, यो एएससीसंग शाओमीले नेपालमा आˆनो बिक्री पछिको सेवा नेटवर्कलाई अझ सुदृढ बनाएको छ ।

शाओमीका अन्य सेवा केन्ऽहरु काठमाडौँ, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन् ।

सो अवसरलाई सम्बोधन गर्दै नेपाल कन्ट्री जनरल म्यानेजर शाओमीका सौरभ कोठारीले भने,’शाओमीमा, मी फ्यानहरुको विश्वास र सन्तुष्टिलाई प्राप्त गर्नु नै हाम्रो लागि सर्वोपरि हो । हामी महसुस गर्छौं कि ब्रान्डमा हाम्रा उपकरणहरुको गुणस्तर र मजबूत बिक्री पछि सर्भिस प्राक्टिसेजहरु भरोसाको सुदृढीकरणमा लामो बाटो जान्छन् । सेवाको गुणस्तर प्रदान गर्नु शाओमीमा हाम्रो प्रमुख स्तम्भहरु मध्येको एक भएकोले, हामी हाम्रो बिक्री पछि र ग्राहक सेवाको प्रयासहरुमा हाम्रो नवीन उपायहरुको सबै भन्दा राम्रो लागू गर्नको लागी प्रयास जारी राख्दछौँ । यी नवीन प्रयासहरुले हामीलाई हाम्रो मी प्रशंसकहरु र नेपालमा ग्राहकहरुको माया र विश्वास कमाउनको लागि मद्दत पुर्याउन महत्वपूर्ण भुमिका खेलेको छ जसले हामीलाई देशमा अघि बढ्न मद्दत गरेको छ । हामी आशा गर्दछौं कि यो नयाँ सेवा केन्ऽले नेपालमा हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्चस्तरीय सेवाको गुणस्तर प्रदान गर्ने दिशामा हाम्रो स्थिति र प्रतिबद्धतालाई अझ बलियो बनाउँनेछ ।’

लन्चको पहिलो हप्तामा, मी प्रशंसकहरुले सबै शाओमीका उत्पादनहरुमा र वारेन्टी नभएको मोडेलहरु निःशुल्क सेवाको लाभ उठाउन सक्दछन् । शाओमी नेपालले यसका लागि एउटा सेवा शिविर स्थापना गर्ने छ । मी फ्यानहरुले शाओमी नेपालको सामाजिक मिडिया हृयान्डलमा सेवा शिविर समयको जाँच गर्न सक्दछन् ।

यी अथोराइज्ड सेवा केन्द्रहरुको सुरुवात संगै नेपालमा प्रयोगकर्ता समुदायहरुमा अधिकृत उत्पादनहरुको उपयोगमा वृद्धि भएको ब्रान्डले देखेको छ । शाओमीले नेपालमा बिक्री पछिको आफ्नो नेटवर्कलाई सुदृढ बनाउन जारी राखेको छ । यसले इन्टरनेटको दक्षताबाट प्रेरित भएर धेरै पहलहरु पनि प्रस्तुत गरेको छ जसको परिणाम स्वरूप उपभोक्ताहरुको लागि अधिक वृद्धि सेवाहरु, कम प्रतीक्षा समय, कम टएटी र उच्च सीएसएटी प्रदान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment