+
+
Shares

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकी महिला मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ढुस्टुङ्गमा पहिरोमा बेपत्ता ५९ वर्षीया कृष्णकुमारी सारु शनिबार मृत फेला परिन्।
  • शुक्रबारको पहिरोले स्थानीय दुई वटा तीनतले कच्ची घर भत्किएर पूर्ण क्षति भएको र अन्य सदस्य भागेर जोगिएको स्थानीयले बताएका छन्।
  • निरन्तर वर्षाका कारण खोजी र उद्धारमा कठिनाइ भएको वडाध्यक्ष प्रकाश रायमाझीले बताए।

१० असोज, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका,६, ढुस्टुङ्गमा  पहिरोमा परी बेपत्ता भएकी ५९ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छन् ।

शुक्रबार गएको पहिरोले स्थानीय घरहरूमा क्षति पुर्‍याउनुका साथै ५९ वर्षीया कृष्ण कुमारी सारु बेपत्ता भएकी थिइन् ।

निरन्तरको झरी र पहिरोका कारण खोजी र उद्दारको काम हुन नसकेको वडाध्यक्ष प्रकाश रायमाझीले बताए । शनिबार जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको संयुक्त सुरक्षा उद्धार टोलीले खोजी कार्यका क्रममा दिउँसो साढे चार बजेतिर  महिलाको शव पहिरो गएकै स्थानमा मृत अवस्थामा फेला परेको हो ।

प्रहरी र उद्धार टोलीले शवको उद्धार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याउँदै गरेको जनाइएको छ ।

हालसम्म पनि अविरल वर्षा भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीको भनाइ छ ।

सो स्थानमा दुई वटा तीन तले कच्ची घर पहिरोले भत्किएर पूर्ण क्षति भएको छ दुई घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?