+
+
Shares

पाल्पाका ११ जना बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन

कमल अधिकारी कमल अधिकारी
२०८३ भदौ ११ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार आएको बाढीपछि रसुवा, नुवाकोट र धादिङतिर पुगेका पाल्पाका ११ जना नागरिक सम्पर्कविहीन भएका छन् ।
  • जिल्ला प्रशासन कार्यालय पाल्पाले आफन्तहरू सम्पर्कमा आएरनआएको यकीन गर्न परिवार र सर्वसाधारणलाई आग्रह गरेको छ ।
  • प्रशासन, प्रहरी र सशस्त्र प्रहरीले सम्बन्धित स्थानीय तहको विवरणका आधारमा बेपत्ताको खोजतलास तीव्र पारेको छ ।

११ भदौ, पाल्पा । बुधबार आएको बाढीपछि पाल्पाका ११ जना नागरिक सम्पर्कविहीन भएका छन् ।

रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा, नुवाकोट, धादिङ लगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू हालसम्म सम्पर्क आउन नसकेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा गएका आफ्ना आफन्तहरू सम्पर्कमा आएरनआएको यकीन गर्न परिवार तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्पर्कविहीन हुनेहरूमा सशस्त्र प्रहरी बलमा कार्यरत रैनादेवी छहरा गाउँपालिका–१ का २६ वर्षीय आन बहादुर कुमाल, रिब्डीकोट गाउँपालिका–३ का ३५ वर्षीय टिप्पर चालक बिकाश नेपाल, सोही गाउँपालिका वडा नं.५ का कृष्ण बहादुर बस्याल र तिनाउ गाउँपालिका–२ का ३५ वर्षीय मेकानिकल सुपरभाइजर रमेश थापा रहेका छन् ।

उनीहरू रसुवास्थित विभिन्न हाइड्रोपावरमा कार्यरत थिए ।

यसैगरी तानसेन नगरपालिकाका तीन जना सम्पर्कविहीन भएका छन् । जसमा लाङटाङ राष्ट्रिय निकुञ्जका वन रक्षक ३५ वर्षीय निर्मल कार्की, वडा नं ७, अपर त्रिशुली हाइड्रोपावरमा कार्यरत तिलक राना, वडा नं, ३ र रसुवा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्ट ९ वडा नं.१० का रहेका छन् ।

अन्य बेपत्ता हुनेहरूमा बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री, निस्दी गाउँपालिका–३ का सवारी चालक बोम बहादुर सोमै तथा रामपुर नगरपालिका–७ का रामु सोती  र अमृत सोती रहेका छन् ।

सम्बन्धित स्थानीय तहहरूबाट प्राप्त विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल ३५ नं. गुल्म वा नजिकैको प्रहरी कार्यालयमार्फत खोजतलास तीव्र पारिएको जनाएको छ ।

बेपत्ता व्यक्तिबारे कुनै जानकारी पाएमा नजिकैको सुरक्षा निकाय वा प्रशासनमा खबर गरिदिन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?