News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय आकाश पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
- रामपुर नगरपालिका–४ बाट पक्राउ परेका मगर नवलपरासी पूर्वका बासिन्दा हुन् ।
- पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
२८ असार, काठमाडौं । पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
रामपुर नगरपालिका–४ खोप्टार बस्ने नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4