+
+
Shares

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित केही पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरबाट अभियन्ता माजिद अन्सारी र सरिश्मा थापासहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सुकुमवासीहरू डुबानमा परेपछि सहयोग गर्न पुगेका अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
  • अन्सारीले भने, ‘प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिएको छ, मेरो नाकबाट रगत समेत आएको छ ।’

२७ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि अन्सारीसहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए ।

अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताएका छन् । ‘प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिएको छ, मेरो नाकबाट रगत समेत आएको छ,’ उनले भने ।

उनीहरूलाई अहिले कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?