+
+
Shares

४ लाख ६२ हजारका भन्सार छलीका सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १३:२८

२४ असार, सुनसरी ।  सुनसरीका विभिन्न सिमा नाकाबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान प्रहरीले बरामद गरेको छ ।

सुनसरीका कोशी–८, भोक्रानरसिंह–६, देवानगन्ज–२ र इनरुवा नगरपालिका–२ बाट बुधबार कुल ४ लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कोशी गाउपालिका–८ बाट २ लाख ३७ हजार ६९४ रुपैया बराबरको लत्ताकपडा र किराना सामान, भोक्रानरसिंहबाट ६३ हजार ७२० रुपैया बराबरको किराना सामान, देवानगन्जबाट १ लाख ५४ हजार रुपैया बराबरको मोटरसाइकलका सामान र इनरुवाबाट ७ हजार ५ सय रुपैयाको किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका भन्सार छलिका ती सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?