२३ असार, काठमाडौं । सिन्धुली र सुनसरीबाट अवैध आगूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्पास्मो २० ट्याब्लेट सहित एक जना पक्राउ परेका छन् ।
मोरङ बेलबारी नगरपालिका–८ बस्ने २८ वर्षीय हेम बहादुर बस्नेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५६३० नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित खोटाङ्गे होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय रविन लिम्बु समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4