+
+
Shares

धनकुटामा गाँजा र खैरो हिरोइनसहित तीन जना पक्राउ

ईश्वर थापा ईश्वर थापा
२०८३ असार १८ गते १८:०१

१८ असार, धनकुटा । धनकुटामा प्रहरीले गाँजा तथा खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटार चोकमा सवारी चेकजाँचका क्रममा भोजपुरबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ च ४५३१ नम्बरको ईभी गाडीबाट ३७ केजी ६ सय १० ग्राम गाँजा बरामद गरिएको हो ।

प्रहरीले गाँजासहित साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहालेका ४५ वर्षीय लोकबहादुर राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं. २ कुलुङका ३१ वर्षीया बिनिता कार्कीलाई पक्राउ गरेको धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, धनकुटा नगरपालिका वडा नं. १ बुद्धचौकमा शंकास्पद व्यक्तिको चेकजाँच गर्ने क्रममा संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं. १ का २९ वर्षीय अनिल घिसिङ पक्राउ परेका छन् ।

उनको साथबाट प्लास्टिकमा प्याक गरिएको ६ पोका खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थ प्लास्टिकसहित ३ सय ८० मिलिग्राम र प्लास्टिक बाहेक २ सय ५० मिलिग्राम रहेको प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिए ।

घिसिङमाथि पनि जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा प्रहरीले यसै साता धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट एकै दिन ७ सय ९५ केजी गाँजा, मिनी ट्रक र मोटरसाइकल सहित २ जनालाई र सहिदभूमि गाउँपालिकाबाट ७ हजार बढी ट्याबलेट सहित १ जनालाई नियन्त्रणमा लिएको थियो ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?