Comments Add Comment

इन्स्पेक्टर कपिल वाग्लेको मृत्युबारे छानविन गर्न समिति गठन

दुर्घटनामा परी मृत्यु भएका इन्स्पेक्टर कपिल वाग्ले ।

२९ साउन, काठमाडौं । सरकारले नवलपरासीको बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर ) कपिल वाग्लेको दुर्घटनामा परी मृत्यु भएको घटनामा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चि राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले साउन २५ गते ठक्कर दिँदा उनको मृत्यु भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको मडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।

तनहुँको म्याग्दे गाउँपालिका घर भएको वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटनमा कार्यरत थिए ।

गृह मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरी सदस्य रहेको छानविन समिति गठन गरेको हो । गठित समितिले घटनाका सम्बन्धमा स्थलगत रुपमा सत्य तथ्य छानविन गरी १० दिनभित्र प्रतिवेदशन पेश गनुपर्ने छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment