
१४ असार , धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टोलमा शुक्रबार राति १ बजेतिर सुपप्र ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको थियो ।
दुर्घटनामा जुगेडाकै रवीन्द्र सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
उनकाअनुसार गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि राति नै सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4