+
+

अर्थमन्त्रीले गभर्नरलाई फोन गरेपछि शेयर बजारमा उछाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १६:११

२१ भदौ, काठमाडौं । सोमबार शेयर बजार उच्च दरमा उकालो लागेको छ । एकैदिन परिसूचक १६२ अंकले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको बजार दोस्रोे दिनमा भने उच्च अंकले वृद्धि भएको हो ।

सोमबार शेयर बजार १६१.९४ अंकले बढेर २९ सय ८० दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ ।

अर्थमन्त्री जनदार्दन शर्माले शेयर बजारमा रहेको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई अनुरोध गरेको खबर सार्वजनिक भएपछि बजारमा ठूलो उछाल देखिएको हो ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार बिहान गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गभर्नर अधिकारीले प्रक्रिया लिएर बजारलाई परेको अप्ठेरो फुकाउने जानकारी अर्थमन्त्रीलाई गराएका छन् ।

अर्थमनत्रीले पहल थालेको खबर बाहिरिएकाले सोमबार कारोबार खुलेदेखि नै शेयरबजारमा हरियाली थियो । केही घटबढ भइरहेको शेयर बजार अर्थमन्त्रीको पहलको खबर सार्वजनिक भएपछि लगातार उकालोतिर लाग्यो ।

बजारमा सोमबार ९ अर्ब ८२ करोडको शेयर कारोबार भयो । सोमबार मात्रै बजार ५ दशमलव ७४ प्रतिशतले बढेको छ । बजारका सबै उपसमूह हरियो रहे ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएपछि बजार प्रभावित भएको लगानीकर्ताले बताउँदै आएका छन् । यसअघि यस्तो सीमा तोकिएको थिएन ।

मौद्रिक नीतिका व्यवस्थाले बजारमा निकै ठूलो नकारात्मक असर पार्ने भन्दै लगानीकर्ताहरुले पुँजी बजार सुधार संघर्ष समिति नै गठन गरेका छन् । समितिले आज प्रदर्शनसहित राष्ट्र बैंक पुगेर ज्ञापनपत्र नै बुझाएको छ ।

यही दिनमा बजार पनि उच्च अंकको वृद्धि लिएर बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?