
२३ भदौ, काठमाडौं । इन्डोनेसियाको राजधानी सहर जकार्ताको बाहिरी क्षेत्रमा रहेको जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइने भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार टाङगेराङ जेलको ब्लक सी मा मध्यराति यो आगलागी भएको हो । आगलागीको समयमा अधिकांश कैदीहरु सुतिरहेका थिए । उक्त जेलको ब्लक सीमा १२२ कैदी राखिएको थियो । जबकी उक्त ब्लकको क्षमता ४० कैदीको हो ।
आगलागीमा घाइते भएका थप ७० जनाको अहिले उपचार भइरहेको छ । उनीहरुमध्ये आठजनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । यो ब्लकमा रहेका कैदीहरु आगूऔषधको मामिलामा जेल परेका थिए । जेलका प्रवक्ताले अहिले आगालागीको के कारणले भएको हो भन्ने विषयमा अनुसन्धानको काम भइरहेको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4