+
+

करणी गरेको आरोपमा लुभुबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १२:५३

२४ भदौ, ललितपुर । प्रहरीले करणी गरेको आरोपमा लुभुबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगर रहेका छन् ।

३२ वर्षीया महिलालाई पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?