+
+

४३.१५ ग्राम खैरो हेरोइनसहित झापाबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १३:४३

११ वैशाख, झापा । प्रहरीले ४३.१५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको खन्याबास गाउँपालिका-५ बस्ने २० वर्षीय विनोद तामाङ रहेका छन् ।

चेकजाँचका क्रममा उनलाई मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

उनको साथबाट प्रहरीले ४३.१५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागुऔषधसहित युवा पक्राउ पर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?