+
+

२२ लाखसहित हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १९:२२

९ वैशाख, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दाबासिनी गाउँपालिका–३ का ४३ वर्षीय अजयकुमार साह छन् ।

उनीहरुबाट स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसप कुमार विक्रम थापाले जानकारी दिए ।

वीरगञ्जको रुङटा कम्प्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

अर्जुनले झोलाभित्र स्रोत नखुलेको रकम बोकेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उक्त रकमसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । अर्जुनकै सूचनाका आधारमा मनि ट्रान्सफरका अजयलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनाविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐनको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?